टीकापुर

मुख्यमन्त्री कमल शाहद्वारा टीकापुर महोत्सवको भव्य उद्घाटन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २९ पौष । मुख्यमन्त्री कमल शाहद्वारा टीकापुर महोत्सवको भव्य उद्घघाटन गरिएको छ । टीकापुर महोत्सव २०८२ को सफलताको शुभकामना दिने क्रममा उहाँले महोत्सव स्थानीय निकायमा रहेका विभिन्न समस्याहरुलाई राज्यका विभिन्न निकायहरुमा पु¥याउने एक सबल माध्यम बन्दै आइरहेको छ । आफ्नो आवाजलाई बुलन्द गर्ने थलोको रुपमा पनि कार्य गरिरहेको छ । यस्ता मेला–महोत्सवले मुलुकको आर्थिक गतिविधि चलायमानमा टेवा पुग्ने बताउनुभयो । मेला व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि आफू उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तत्पर रहेकोले प्रदेश सरकारले कुन ऐन, कानुन, नियमलाई संशोधन र परिमार्जन गर्नुपर्ने हो, त्यसमा आफू तयार रहेको बताउनुभयो । महोत्सवले समाजमा सधैं सकारात्मक सन्देश प्रवाह गर्ने भएकोले हामीले यसको जगेर्ना र संरक्षण गर्नुपर्छ । आफूले जहिले पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका प्रभुत्व उद्योगपति, व्यापारी, संघ–संगठनहरुसँग सुदूरपश्चिममा व्यापार व्यवसाय सञ्चालनको लागि विभिन्न ठाउँमा वार्तालाप गर्दै आएको बताउनुभयो ।


देश विकासको पाटोमा सरकार एक्लै गर्न नसक्ने भएकोले निजी क्षेत्रको पनि पहुँच हुनु जरुरी छ । निजी क्षेत्रलाई चाहिने कानुनी क्षेत्रमा आफ्नो प्रदेशले सहयोग गर्ने बताउनुभयो । देशमा घटेको जेन्जी आन्दोलनबाट हामीले निश्चय पनि आफूलाई सही मार्गमा सुधार्नु पर्ने आवश्यकता रहेको उहाँले औल्याउनुभयो । २०४६ पछिको जनआन्दोलनले संविधान ल्याएर आफूहरुले थुप्रै अधिकारहरुको प्राप्ति गरेको तर शासन–सुशासनको क्षेत्रमा देशका जनताहरुलाई उनीहरुको मनोभावना अनुरुप काम गर्न नसकेकोले देशमा व्याप्त भ्रष्टाचार मौल्याएको कारण देशमा जेन्जी आन्दोलन भएको बताउनुभयो ।

बिज्ञापन


त्यस्तै प्रकार शुभकामना दिने क्रममा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण वैद्य, प्रदेश सभा सदस्य ललिता सुनार, टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल दगौरा थारु, टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख त

पेन्द्र रावल, वडा नम्बर ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला लगायतले टीकापुर क्षेत्रमा देखापरेका विभिन्न समस्या र समाधानको लागि मन्त्री समक्ष आफ्ना धारणाहरु राखेका थिए ।
उक्त अवसरमा मुख्य अतिथि तथा मुख्यमन्त्री कमल शाहद्वारा यस वर्षकै साहसी विपतकी रानी भनेर चिनिने पार्वती गुरुङलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै आगन्तु अतिथिहरुलाई पनि सम्मान स्वरुप यस वर्षको मायाको चिनो प्रदान गरिएको थियो ।


महोत्सवको उद्घघाटन पूर्व विभिन्न भेशभूषा, संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरेर नगर परिक्रमा गरिएको थियो, जसमा सुदूरपश्चिमको प्रख्यात हुड्क्याउली नाच, मागी नाच, सखिया नाच, हुर्दंगुवा नाच, मगौटा नाच, पन्चे बाजा झाँकी, पुतला झाँकी, झुम्रा नाच, देउडा खेल, भुवा खेल, मंग्रहुवा झुम्रा नाच, पुतला खेल लगायतका विभिन्न झाँकीहरु प्रस्तुत गरिएका थिए ।
भोलिदेखि प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा विभिन्न लोक गीत, दोहोरी, देउडा, थारु गीत तथा नृत्यहरु प्रस्तुत गरिने छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।