बिद्यार्थीलाई दुबई पठाएर ठगी गर्ने चार कन्सलटेन्सीका सञ्चालक पक्राउ

बिद्यार्थीलाई यूएई पठाएर ठगी गर्ने चार वटा कन्सलटेन्सीका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले बेष्ट पाथ कन्सलटेन्सीका सञ्चालक नुवाकोटका कृष्ण थापा, मेर्सी एजुकेशनका रामचन्द्र टण्डन, सिटिहब एजुकेशनका सुवास सिलवाल क्षेत्री र कान्तिपुर अर्बाेट कन्सलटेन्टका हेमराज भट्ट पक्राउ परेका हुन्।
फ्रान्स र अष्ट्रेलियाका यूनिभसिर्टीबाट मान्यताप्राप्त यूएईका कलेजका नाममा बिद्यार्थी पठाएर ठगी गरेका हुन्। कमिसन फर अकेडेमिक एक्रिडिसयनबाट स्वीकृति नलिएको ट्रेनिङ इन्स्टिच्यूटमा पठाएर ८ लाख देखि २२ लाख रुपैयाँसम्म ठगी गरेको भनेर बिद्यार्थीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको सिआइबीका एसएसपी शिव श्रेष्ठले बताए।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
