राजनीति

रास्वपामा आबद्ध हुने अमरेश सिंहको तयारी 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाली कांग्रेसका पूर्वनेता अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुने भएका छन्। रास्वपाले आगामी सोमबार जनकपुरबाट सुरु गर्न लागेको पहिलो चुनावी सभाबाट उनी पार्टीमा आबद्ध हुन लागेका हुन्। 

सोही सभाबाट आफूले नयाँ राजनीतिक अध्यायको सुरुवात गर्ने उनले जनाएका छन्।

बिज्ञापन

सिंहले फेसबुकमा लेखेका छन्–
यही माघ ५ गते जगतजननी माता सीताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै छु। देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरुद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ। साथै मलगायत देश र मधेशको हित चाहने मधेशमा शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकास चाहने सम्पूर्ण आमाबुबा तथा दिदीबहिनीहरूलाई यसै कार्यक्रममार्फत जुट्न आह्वान गर्दछु।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।