बिश्व

महाराष्ट्रका उप-मुख्य मन्त्री अजित पवार सहित पाँचको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई : महाराष्ट्रका महाराष्ट्रका उप-मुख्य मन्त्री अजित पवार सहित पाँचको निधन भएको छ । पवारको निजि विमान दुर्घटनामा परी  निधन भएको छ। पवार  ६६ वर्षका थिए। भारतीय समय अनुसार बुधबार बिहान ८:४५ बजे बारामतीमा उनको विमान दुर्घटनाग्रस्त भएको थियो। 


बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो संचार माध्यममा सार्वजनिक भएपनि घटना बारे गहिरो अनुसन्धान गर्ने सरकारले प्रतिबद्धता गरेको छ। पवार सहित  विमानदुर्घटनामा  पाँच जनाएको निधन भएको छ। जसमा  अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित रहेकाछ्न
अहिलेसम्म प्राप्त जानकारी अनुसार, पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए।

बिज्ञापन

अवतरणको क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएको थियो। 
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ। केही समय अघि मात्र छ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो।
पवार महाराष्ट्र पञ्चायत चुनावको लागि  र्‍यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए। उनका काका शरद पवार र सुप्रिया सुले भने दिल्लीमा थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।