राष्ट्रिय समाचार

४० दिन सेवा गरेका निर्वाचन प्रहरीको बिदाई 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरिएको छ।

निर्वाचन र मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै  नेपाल प्रहरीले  आज एक औपचारिक  कार्यक्रम आयोजना गरी छोटो अवधिका लागि भर्ना भएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरिएको हो।

बिज्ञापन

निर्वाचनका लागि नेपाल प्रहरीले गत पुस २४ मा १ लाख ३३ हजार ९८० जनाका लागि भर्ना खुलाएको थियो।

भर्ना छनोटमा परेका निर्वाचन प्रहरीहरूलाई नेपाल प्रहरीले देशभर परिचालन गरेको थियो। उनीहरूले करिब ४० दिन सेवा दिएका थिए। निर्वाचन सम्पन्न भएसँगै उनीहरूलाई खादा लगाएर औपचारिक रूपमा बिदाइ गरिएको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।