अवर्गीकृत

खानेपानी अभावपछि गाउँ नै रितियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पाँचथर ।  कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो । अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन् । घर भत्किँदै छन्, खेतीयोग्य जमिन झाँडीले ढाक्दै गएको छ ।

लोक कल्याणकारी विज्ञापन

ढुकुरे डाँडागाउँको गर्भवती आधारभूत विद्यालयको नजिकै कुनै बेला १३ परिवारको बसोबास थियो । हाल विद्यालय अगाडिपट्टी कालुराम कार्की र तलपट्टी एक अर्को गरी केवल दुई परिवारको बसोबास छ । यहाँबाट तीन घण्टाको दूरीमा तमोर करिडोर सडक हुँदै धरान पुग्न सकिन्छ । विद्युत् पनि विस्तार भएकाले अँध्यारोमा बस्नुपरेको छैन ।

लोक कल्याणकारी विज्ञापन

ढुकुरेमै नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन राखिएको छ । ढुकुरेभन्दा मुनि तमोर करिडोरमा पर्ने लखुवा दोभानदेखि तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारसम्मको सडक धमाधम कालोपत्रे भइरहेको छ । यहाँ विकास गाउँ पस्दैछ, तर मान्छे बसाइँ सर्दैछन् । गाउँमा मानिसहरु भेट्न मुस्किल छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन