सुदूरपश्चिम प्रदेश

सरकारी जागिर लगाउने भन्दै सवा एक करोड ठगी गर्ने डोटीका कोली पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीमा सरकारी जागिर लगाइदिने तथा अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका–२ का ३३ वर्षीय तुलाराम कोली रहेका छन्, जो हाल कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार उनलाई प्रहरी टोलीले उनकै निवासबाट नियन्त्रणमा लिएको हो।

बिज्ञापन

हाल कोलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार उनीविरुद्ध अहिलेसम्म विभिन्न व्यक्तिबाट ठगी गरेको भन्दै १० वटा उजुरी दर्ता भइसकेका छन्। प्रारम्भिक अनुसन्धानमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको ठगी भएको खुलेको छ भने बाँकी विवरण अनुसन्धानका क्रममा खुल्ने जनाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।