राष्ट्रिय समाचार

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री बीच भेटवार्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेपालका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

श्रीलंकाको कोलम्बोमा दुई समकक्षीबीच आज भेटवार्ता भएको हो । कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमिस्टेक) सम्मेलनमा सहभागी हुने क्रममा खड्का र जयशंकरबीच भेटवार्ता भएको हो ।

बिज्ञापन

विमिस्टेक सम्मेलन आजैदेखि कोलम्बोमा सुरु भएको छ । परराष्ट्रमन्त्री खड्काले यसअघि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग वार्ता गरेर विमिस्टेक सम्मेलनमा सहभागी हुन कोलम्बो पुगेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।