राष्ट्रिय समाचार

परराष्ट्रमन्त्रीको स्पष्टीकरणः देउवा कांग्रेस सभापतिको हैसियतमा भाजपा कार्यालयमा गएको हो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेर बहादुर देउवा सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गर्नु कूटनीतिक मर्यादा अनुकुल नै रहेको बताएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि सुनाउन त्रिभुवन विमास्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले देउवा प्रधानमन्त्रीका हैसियतले नभइ नेपाली कांग्रेस पार्टी सभापतिका हैसियतले भाजपा मुख्यालय गएको बताए ।

बिज्ञापन

प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको मन्त्री खड्काले बताए ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटमा सीमा समस्याबारे कुरा उठाएको बताउँदै उनले सीमा समस्या स्थापित संयन्त्रमार्फत कुटनैतिक सम्वादद्वारा हल गर्ने बारे छलफल भएको मन्त्री खड्काले बताए ।

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाबीचको एकल भेटमा मोदीले एक भारतीय अधिकारीलाई ‘नोट टेकर’ राखेपनि देउवाले नराखेको किन भन्ने पत्रकारको प्रश्नमा परराष्ट्रमन्त्री खडकाले भने, ‘भारतीय पक्षले भाषा अनुवादक राखेको हो । नोट टेकर होइन। अङ्ग्रेजी र हिन्दी भाषा अनुवादक हुन् । हाम्रा तर्फबाट पनि नोट टेकिङ भएको छ ।’

प्रधानमन्त्री देउवा तिन दिने औपचारिक भारत भ्रमण सकेर हिजो साँझ ८ बजे स्वदेश फर्किएका हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।