टीकापुर

विकास शाही बने सन्त निरंकारी आदर्श विद्या मन्दिरका टपर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, असार ६ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार टीकापुरस्थित सन्त निरंकारी आदर्श विद्या मन्दिरका विद्यार्थी विकास शाहीले ३.५६ जीपीए प्राप्त गरेका छन्।

विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरूमध्ये विकास शाहीले सर्वाधिक ३.५६ जीपीए हासिल गरेका हुन्। त्यसैगरी अञ्जली साउँदले ३.४७, सन्सा ठकुल्लाले ३.४६, एलिना धामीले ३.३६, भुसन कठायत र रोहन ठकुल्लाले समान ३.३८, प्रेणा कुँवरले ३.३१ तथा चिराग कुँवरले ३.२७ जीपीए प्राप्त गरेका छन्।

विद्यालयबाट उत्तीर्ण हुने अन्य विद्यार्थीहरूमा खेम ठकुल्ला (२.९६), लक्ष्मीकुमारी शाही (२.८६), लक्की सुनार (२.९५), ओमप्रकाश केसी (२.३५), प्रदीप बोहरा (२.९०), प्रतिभा साउँद (२.५७), पुष्पा खत्री (२.७१), जोनु साउँद (३.१३), कविता साउँद (३.१५), एलिजा कुमारी ठकुल्ला (३.१४), एलिना साउँद (३.१७), अनिश रावल (३.२३), अकिंत बिक (२.७३), बसन्त बिष्ट (२.५५), भजन बुढा (२.५६), बिवेक परियार (२.९३), सम्झना रावल (२.९८), सुरेश भुटेल (२.८१), सुभाष शाही (३.०८), तेजबहादुर खत्री (२.८२) र साहान चन्द (३.०४) रहेका छन्।

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना अर्थात् ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। १ लाख ४७१ जना विद्यार्थी ननग्रेडेड भएका छन्।

बोर्डका अनुसार ३.६१ देखि ४.०० जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना रहेका छन्। त्यस्तै २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २४९, २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७, २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ तथा १.६१ देखि २.०० जीपीए प्राप्त गर्ने ९ जना विद्यार्थी रहेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।