घटना

घर पोत्ने माटो निकाल्ने क्रममा १८ वर्षीया निर्मलाको ज्यान गयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–७ स्थित जंगल क्षेत्रमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भेरीगंगा–७ कार्कीगाउँकी १८ वर्षीया निर्मला विक रहेको प्रहरीले जनाएको छ। शनिबार बिहान घर पोत्ने माटो निकाल्न स्थानीय खुरिल्ला जंगल पुगेकी विक माटो खन्ने क्रममा अचानक खसेको ढिस्कोले पुरिएकी थिइन्।

बिज्ञापन

घटना बिहान करिब १० बजेतिर भएको बताइएको छ। विकसहित चार जना स्थानीयवासी माटो निकाल्न जंगल पुगेका थिए। ढिस्को खसेपछि तत्काल उद्धारको प्रयास गरिए पनि उनको ज्यान बचाउन नसकिएको जनाइएको छ।

निर्मला विकको माइती घर भेरीगंगा नगरपालिका–६ किचमा रहेको छ। उनको करिब तीन महिनाअघि मात्रै भेरीगंगा–७ कार्कीगाउँमा विवाह भएको बताइएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।