घटना

कपिलवस्तुमा २८ वर्षीया प्रसूता विद्यावती कोइरीको मृत्यु, छानबिनको माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कपिलवस्तु, बेलौहा | कपिलवस्तु नगरपालिका–८ बेलौहा निवासी २८ वर्षीया विद्यावती कोइरीको मृत्यु भएको छ। उहाँको मृत्युका कारणबारे परिवारले चिकित्सकीय लापरबाहीको आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेको छ।

परिवारका अनुसार विद्यावती कोइरी २०८१ असोज १२ गते सुत्केरी व्यथा लागेपछि भैरहवास्थित Universal College of Medical Sciences मा भर्ना हुनुभएको थियो। सोही दिन शल्यक्रियामार्फत उहाँले छोरीलाई जन्म दिनुभएको थियो।

बिज्ञापन

परिवारले दाबी गरे अनुसार, उक्त शल्यक्रियाका क्रममा चिकित्सकीय सामग्री (कपास/कटन) पेटभित्रै छुटेको आशंका गरिएको छ। केही महिनापछि स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि बुटवल हुँदै भारतसम्म लगिएको बताइएको छ। त्यहाँ गरिएको परीक्षणमा शरीरभित्र कुनै वस्तु रहेको संकेत पाएपछि पुनः पहिले शल्यक्रिया गरिएको अस्पतालमै फर्किन चिकित्सकहरूले सुझाव दिएको परिवारको भनाइ छ।

त्यसपछि उहाँलाई पुनः भैरहवास्थित सोही अस्पतालमा लगिएको थियो, जहाँ थप परीक्षणपछि पुनः शल्यक्रिया गरी शरीरभित्र रहेको वस्तु निकालिएको बताइन्छ।

तर उपचारपछि केही समयमै उहाँको स्वास्थ्य अवस्था जटिल बनेको र अन्ततः ज्यान गएको परिवारले जनाएको छ। परिवारका अनुसार पहिलेको शल्यक्रियाका क्रममा शरीरभित्र छुटेको वस्तुका कारण संक्रमण (इन्फेक्सन) भएर घाउ बनेको र सोही जटिलताबाट अकल्पनीय घटना भएको हो।

परिवारले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।