अवर्गीकृत

‘रुन्चे भाइ’को ब्रेकअप प्रकरणले सामाजिक सञ्जाल ततायो, कोरियाको चिसो सडकमा दुई रात बिताएको दाबी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दक्षिण कोरिया | ‘रुन्चे भाइ’ नामबाट परिचित कन्टेन्ट क्रिएटर राजीवको प्रेम सम्बन्ध टुटेको विषयले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। ‘कुल ब्वाय’ नामक लाइभ कार्यक्रममा भावुक हुँदै उनले आफ्नो करिब ८–९ महिनाको प्रेम सम्बन्धबारे खुलासा गरेका हुन्।

राजीवका अनुसार, सम्बन्धित युवती विवाहित हुनुका साथै एक सन्तानकी आमा रहेको र यो कुरा थाहा हुँदाहुँदै पनि आफूले सम्बन्ध स्वीकार गरेको उनले बताएका छन्। तर पछिल्ला दिनमा उत्पन्न असमझदारीका कारण सम्बन्ध टुटेको उनको दाबी छ।

बिज्ञापन

ब्रेकअपपछि मानसिक तनावका कारण आफूले दक्षिण कोरियाको चिसो सडक र सिँढीमा दुई रात बिताउनु परेको उनले लाइभमार्फत उल्लेख गरेका छन्।

यस घटनाले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया ल्याएको छ। कतिपय प्रयोगकर्ताले उनलाई सहानुभूति र धैर्यता अपनाउन सुझाव दिएका छन् भने केहीले परिस्थितिको अन्य पक्षबारे पनि स्पष्टता आवश्यक रहेको टिप्पणी गरेका छन्।

यस विषयमा सम्बन्धित युवतीको प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।