राजापुर–गेरूवामा किसानको अभूतपूर्व श्रमदान, कर्णालीमा देखियो ठूलो जुटान

राजापुर–गेरूवा | कर्णाली नदीस्थित ओखरीया इन्टेक क्षेत्रमा राजापुर र गेरूवा क्षेत्रका करिब ५ हजार किसानहरूले सामूहिक श्रमदान (बेगारी) गरेको दृश्य ड्रोनमार्फत सार्वजनिक भएको छ।
सिँचाइको पानी खेतसम्म पुर्याउने उद्देश्यले हजारौं किसानहरू कर्णाली नदीमै जोखिम मोलेर श्रमदानमा जुटेका देखिन्छन्। कृषि उत्पादन जोगाउन र सिँचाइ प्रणाली सञ्चालनमा राख्न गरिएको यो सामूहिक प्रयासले स्थानीय किसानहरूको एकता, मेहनत र संघर्षलाई उजागर गरेको छ।

स्थानीय बासिन्दाका अनुसार सिँचाइको वैकल्पिक व्यवस्थाको अभावमा किसानहरू वर्षौंदेखि यस्तै श्रमदानमा निर्भर रहन बाध्य छन्। नदीको जोखिमपूर्ण वातावरणमा समेत उनीहरू खेतमा पानी पुर्याउने अभियानमा निरन्तर खटिरहेका छन्।
ड्रोन दृश्यमा देखिएको किसानहरूको ठूलो समूहले पानी व्यवस्थापनका लागि सामूहिक रूपमा गरेको प्रयासले सामाजिक सञ्जालमा समेत ध्यान आकर्षित गरेको छ।
किसानहरूले गरेको यो अभूतपूर्व एकता र मेहनतको दृश्य सबैले देख्नुपर्ने भन्दै स्थानीयहरूले सम्बन्धित निकायसम्म आवाज पुर्याउन आग्रह गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
