स्वास्थ्य

लम्कीचुहा प्रादेशिक अस्पताल विवाद समाधान, स्वास्थ्य सेवालाई प्राथमिकता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्कीचुहा, कैलाली । लम्कीचुहा प्रादेशिक अस्पतालसँग सम्बन्धित विषयलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको विवाद र असमझदारी अन्ततः आपसी सहमति र प्रतिबद्धतासँगै समाधान भएको छ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, धनगढीमा आयोजित उच्चस्तरीय बैठकमा लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाही र लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (निमेसु) डा. कमलेश प्रसाद यादवबीच सौहार्दपूर्ण वातावरणमा छलफल भई आपसी सम्बन्धलाई सुदृढ बनाउने सहमति भएको हो।

बिज्ञापन

केही समययता अस्पतालको व्यवस्थापन तथा आन्तरिक विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी र टिप्पणी सार्वजनिक भएपछि स्थानीय स्तरमा अन्योलको अवस्था सिर्जना भएको थियो। बैठकमा यस्ता विषयलाई अनावश्यक रूपमा अतिरञ्जित नगरी स्वास्थ्य संस्थाको गरिमा कायम राख्दै सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने विषयमा दुवै पक्ष सहमत भएका छन्।

विवाद समाधानका लागि आयोजित छलफलमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री बेलबहादुर रानामगर तथा प्रदेश सभा सदस्य दिवानसिंह विष्टको विशेष उपस्थितिमा वार्ता सम्पन्न भएको थियो।

बैठकमा अस्पताल जस्तो संवेदनशील संस्थालाई सुरक्षित, मर्यादित तथा राजनीतिक एवं सामाजिक हस्तक्षेपमुक्त वातावरणमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, आपसी संवाद, समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउने विषयमा दुवै पक्ष एकमत भएका छन्।

यस सहमतिसँगै लम्कीचुहा प्रादेशिक अस्पतालको सेवा प्रवाह थप व्यवस्थित र विश्वसनीय बन्ने तथा स्थानीय नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।