घटना

छोराको कुटपिटबाट आमाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । भक्तपुरमा छोराको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–९, भातेढिकुर चोकमा बसोबास गर्दै आएकी उदयपुर घर भएकी ४० वर्षिया मेघिया चौधरीलाई उनका २४ वर्षिय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएकी मेघियाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले जानकारी दिए ।

बिज्ञापन

घटनामा सङ्लग्न आरोपित किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।