घटना

धान रोपाइँका क्रममा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ, धान रोपाइँका क्रममा चट्याङ लागेर दाङमा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्लाको घोराही उपमहानगरपालिका–९ मछाहीमा शनिबार साँझ धान रोपिरहेका बङ्गलाचुली गाउँपालिका–२ मर्पेसका २६ वर्षीया दीपा थापा, २९ वर्षीया कमला थापा र ३४ वर्षीय सन्दीप विकलाई चट्याङ लागेको हो।

बिज्ञापन

चट्याङ लागेपछि स्थानीयवासीको सहयोगमा तीनै जनालाई तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा दीपा थापालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। घाइते कमला थापा र सन्दीप विकको उपचार भइरहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठका अनुसार उपचारका क्रममा दीपा थापाको मृत्यु भएको हो भने अन्य दुई जनाको स्वास्थ्य अवस्था उपचारकै क्रममा रहेको छ।

यतिबेला देशभर धान रोपाइँको चटारो चलिरहेका बेला किसानहरू वर्षा र प्रतिकूल मौसमको जोखिम मोलेर खेतमा काम गरिरहेका छन्। यस घटनाले प्राकृतिक विपद्का बीच कृषिकर्ममा संलग्न किसानहरूले दैनिक सामना गर्ने जोखिमलाई पुनः उजागर गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।