राजनीति

टीकापुरका प्रभावशाली जनप्रतिनिधि नागरिक उन्मुक्ति पार्टीमा आबद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २१ असार । आगामी स्थानीय तह निर्वाचन आउन एक वर्षभन्दा कम समय बाँकी रहेका बेला कैलालीको टीकापुरमा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यही क्रममा टीकापुरका दुई बहालवाला वडाध्यक्ष र एक पूर्व प्रदेशसभा सदस्य नागरिक उन्मुक्ति पार्टी (नेपाल) मा प्रवेश गरेका छन्।

पार्टीमा प्रवेश गर्नेमा टीकापुर नगरपालिका–४ का वडाध्यक्ष लालवीर चौधरी, वडा नं. ५ का वडाध्यक्ष बलवीर चौधरी तथा पूर्व प्रदेशसभा सदस्य कृष्ण चौधरी रहेका छन्। उनीहरूलाई पार्टी नेतृत्वले औपचारिक रूपमा स्वागत गर्दै संगठनभित्र महत्त्वपूर्ण जिम्मेवारीसमेत प्रदान गरेको जनाएको छ।

बिज्ञापन

पार्टीका अनुसार वडाध्यक्ष लालवीर चौधरी र बलवीर चौधरीलाई पुनः केन्द्रीय सदस्यमा मनोनित गरिएको छ भने पूर्व प्रदेशसभा सदस्य कृष्ण चौधरीलाई पार्टी सचिवको जिम्मेवारी दिइएको छ। उनीहरूको राजनीतिक अनुभव, स्थानीय जनाधार तथा संगठन निर्माणमा पुर्‍याउन सक्ने योगदानलाई दृष्टिगत गर्दै उक्त जिम्मेवारी प्रदान गरिएको पार्टीको भनाइ छ।

स्थानीय तह निर्वाचनको तयारीसँगै विभिन्न राजनीतिक दलले संगठन विस्तार, जनप्रतिनिधि व्यवस्थापन र नयाँ नेतृत्व भित्र्याउने अभियानलाई तीव्र बनाइरहेका छन्। यसैबीच बहालवाला जनप्रतिनिधि र पूर्व प्रदेशसभा सदस्यको नागरिक उन्मुक्ति पार्टीमा प्रवेशलाई टीकापुर तथा कैलालीको स्थानीय राजनीतिमा अर्थपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार स्थानीय तहमा प्रभाव राख्ने जनप्रतिनिधिहरूको दल परिवर्तनले आगामी निर्वाचनको समीकरण, दलहरूको संगठनात्मक अवस्था र चुनावी प्रतिस्पर्धामा प्रत्यक्ष प्रभाव पार्न सक्ने सम्भावना रहेको छ। नागरिक उन्मुक्ति पार्टीले पनि आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनाधार विस्तार र स्थानीय तहमा आफ्नो राजनीतिक प्रभाव बढाउने रणनीतिअनुसार गतिविधि अघि बढाइरहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।