लम्कीचुहामा ट्रकको ठक्करबाट पैदलयात्री युवती घाइते
लोक कल्याणकारी विज्ञापन

लम्कीचुहा । कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक युवती घाइते भएकी छन्।
प्रहरीका अनुसार टीकापुर नगरपालिका–१ निवासी २९ वर्षीया जानकी बटाला पैदल हिँडिरहेको अवस्थामा लु २ ख ५२१३ नम्बरको ट्रकले ठक्कर दिएको हो।
बिज्ञापन

दुर्घटनामा घाइते भएकी बटालाको लालरत्न अस्पतालमा उपचार भइरहेको छ। उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
