चिसापानीस्थित कर्णालीमा युवतीको शव फेला
लोक कल्याणकारी विज्ञापन

लम्कीचुहा । कर्णाली नदीमा एक युवतीको शव फेला परेको छ । लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित गोरङ्गे क्षेत्रमा कर्णाली नदीमा अन्दाजी १८ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ
लोक कल्याणकारी विज्ञापन

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले सोमबार बिहान १० बजेतिर शव फेला परेको बताए । उनकाअनुसार स्थानीयले कर्णाली नदीमा शव देखेपछि इप्रका चिसापानीमा खबर गरेको थिए ।
लोक कल्याणकारी विज्ञापन

घटनास्थल पुग्दा युवतीको शव नदीमा उत्तानो अवस्थामा अड्किएको फेला परेको थियो । मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

