घटना

धनगढीमा १० वर्षीय बालकको हत्या गरी सुनको मुन्द्रा लुट्ने मुख्य अभियुक्त १० दिनपछि पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, २३ असार । कैलालीको धनगढीमा १० वर्षीय बालक तनुज चौधरीको हत्या गरी सुनको मुन्द्रा लुटेर फरार भएका मुख्य अभियुक्त १० दिनपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २५ वर्षीय खगेन्द्र भनिने खेमराज कठायत रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनापछि फरार रहेका कठायतलाई भारततर्फ भाग्ने क्रममा पक्राउ गरिएको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (सई) सुशील चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले सीमा क्षेत्रमा निगरानी बढाउँदै खोजी अभियान सञ्चालन गर्ने क्रममा उनलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

प्रहरीका अनुसार धनगढीमा भएको उक्त घटनामा बालक तनुज चौधरीमाथि आक्रमण गरी उनले लगाएको सुनको मुन्द्रा लुटिएको थियो। घटनापछि अभियुक्त फरार भएपछि प्रहरीले विभिन्न स्थानमा खोजी अभियान तीव्र पारेको थियो।

लगातारको अनुसन्धान, सूचनाको विश्लेषण र सीमा क्षेत्रमा गरिएको निगरानीका आधारमा अभियुक्तलाई भारततर्फ भाग्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका कठायतमाथि हत्या तथा डाँका/लुटपाटसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको थप विवरण तथा अभियुक्तलाई अदालतमा उपस्थित गराउने प्रक्रिया कानुनबमोजिम अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

बालकको हत्या र लुटपाटको घटनाले धनगढी क्षेत्रमा व्यापक त्रास र आक्रोश फैलाएको थियो। मुख्य अभियुक्त पक्राउ परेसँगै घटनाको अनुसन्धानले थप गति लिने र अन्य संलग्न व्यक्तिको भूमिकाबारे पनि अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।