टीकापुर

सहकारीमा सुशासन प्रवर्द्धन गर्न टीकापुर नगरपालिकाद्वारा निर्देशन जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, असार २४ — टीकापुर नगरपालिकाले आफ्नो नियमन क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूमा सुशासन, पारदर्शिता तथा जवाफदेहिताको अभ्यासलाई प्रभावकारी बनाउन नयाँ निर्देशन जारी गरेको छ।

नगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार सहकारी संस्थाहरूको सञ्चालनलाई व्यवस्थित, जिम्मेवार र कानुनसम्मत बनाउन ‘सहकारी संस्थाहरूमा सुशासन प्रवर्द्धन सम्बन्धी निर्देशन, २०८३’ लागू गरिएको हो।

बिज्ञापन

नगरपालिकाका अनुसार उक्त निर्देशन आर्थिक विकास समितिको २०८३ साल असार २३ गते बसेको बैठकको निर्णय तथा नगर कार्यपालिकाको असार २४ गतेको निर्णयका आधारमा जारी गरिएको हो। सहकारी संस्थाहरूमा सुशासन कायम गर्दै सदस्यहरूको हित संरक्षण, वित्तीय अनुशासन, पारदर्शी व्यवस्थापन र संस्थागत उत्तरदायित्वलाई थप मजबुत बनाउने उद्देश्यले निर्देशन लागू गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका सबै सहकारी संस्थालाई जारी निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै, सहकारी संस्थाको सञ्चालन, व्यवस्थापन र निर्णय प्रक्रियामा सुशासनका सिद्धान्तलाई अनिवार्य रूपमा अवलम्बन गर्नुपर्ने उल्लेख गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।