घटना

शरीरमा पेट्रोल छर्केर आगो लगाएका धनगढीका चौधरीले गुमाए ज्यान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, ११ साउन । कैलालीको धनगढी उपमहानगरपालिका–३ का एक चौधरीको आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३५ वर्षीय ज्योति चौधरीले साउन ९ गते साँझ करिब ७ः३० बजे आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

बिज्ञापन

गम्भीर अवस्थामा रहेका चौधरीलाई घटनालगत्तै आफन्तले उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए। प्रहरीले उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। तर परिवारले थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरेको थियो।

काठमाडौंतर्फ लैजाँदै गर्दा धादिङ पुगेपछि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको शव घर ल्याइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको छ।

चौधरीले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।