मानवता र सेवाको अभियानको प्रशंसा गर्दै सांसद केपी खनाल सडकपुर बौनियास्थित सत्संग भवनमा

सडकपुर बौनिया, ११ साउन । प्रतिनिधिसभा सदस्य केपी खनालले कैलालीको बर्दगोरिया गाउँपालिको सडकपुर बौनियास्थित सन्त निरंकारी मण्डल नेपालको सत्संग भवनको अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा उहाँले सन्त निरंकारी मण्डलले मानवता, सेवा, सद्भाव तथा आध्यात्मिक चेतनाको प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता सामाजिक तथा आध्यात्मिक संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले जनतामाझ पुगेर उनीहरूका भावना, आवश्यकता र समाजका विविध पक्षबारे प्रत्यक्ष जानकारी लिने आफ्नो अभियानलाई निरन्तरता दिँदै आएको पनि बताउनुभयो।

कार्यक्रमका क्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले बौनियास्थित सत्संग भवन निर्माणका लागि सहयोगको प्रस्ताव राख्नुभएको थियो। त्यसको जवाफमा सांसद खनालले चालु आर्थिक वर्षको बजेटबाट उक्त भवनका लागि बजेट व्यवस्था गर्न सम्भव नभएको स्पष्ट पार्नुभयो।
उहाँले झुटो आश्वासन दिने आफ्नो स्वभाव नरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा सत्संग भवनको आवश्यकता र गतिविधिबारे संसदमा विषय उठाउने प्रतिबद्धता जनाउनुभयो। त्यसका लागि सत्संग भवनमा नियमित रूपमा सहभागी हुने सन्त भक्तजनको तथ्यांक उपलब्ध गराउन पनि आग्रह गर्नुभयो।
अवलोकनका क्रममा सांसद खनालले निर्माणाधीन सत्संग भवनको चारैतिर निरीक्षण गर्दै निर्माण कार्यको प्रगति तथा आवश्यकताबारे जानकारी लिनुभएको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.