सुदूरपश्चिम प्रदेश

अछामको मेल्लेखबाट बिरामी चितुवाको सकुशल उद्धार, उपयुक्त वासस्थानमा छाडिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम, ११ साउन । अछामको मेल्लेख गाउँ क्षेत्रमा देखिएको बिरामी चितुवाको सकुशल उद्धार गरिएको छ।

जिल्ला वन कार्यालय अछाम, मेल्लेख प्रहरी चौकी तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिक टोलीको समन्वयमा चितुवालाई मंगलबार बिहान सुरक्षित रूपमा नियन्त्रणमा लिई उद्धार गरिएको हो। चितुवा हिजोदेखि गाउँ क्षेत्रमा देखिएपछि स्थानीयको सुरक्षालाई ध्यानमा राख्दै उद्धार अभियान सञ्चालन गरिएको थियो।

बिज्ञापन

वनकर्मी तथा प्राविधिक टोलीले चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएपछि आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार गरिने जनाइएको छ। स्वास्थ्य अवस्था सुधार भएपछि चितुवालाई उपयुक्त प्राकृतिक वासस्थानमा पुनः छाडिने योजना रहेको छ।

उद्धार कार्यमा संलग्न निकायहरूले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।

जिल्ला वन कार्यालय अछामले सफल उद्धार अभियानका क्रममा सहयोग पुर्‍याउने मेल्लेख प्रहरी चौकी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि तथा टोलवासीप्रति आभार व्यक्त गर्दै उद्धार कार्य सहज र सुरक्षित रूपमा सम्पन्न भएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।