निर्माणमा पाँच वर्ष खटिएका श्रमिकबाट नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन निर्माण कार्यमा पाँच वर्षसम्म निरन्तर खटिएका एक श्रमिकबाट गराइएको छ। मुगुका ती श्रमिकले रिबन काटेर सुरुङमार्गको औपचारिक उद्घाटन गरेपछि कार्यक्रममा उपस्थित मन्त्रीहरू छेउमै उभिएर ताली बजाउँदै उनको सम्मान गरेका थिए।
लोक कल्याणकारी विज्ञापन

सामान्यतया यस्ता पूर्वाधार आयोजनाको उद्घाटन राजनीतिक नेतृत्व वा उच्च पदस्थ अधिकारीबाट गरिने प्रचलन रहे पनि यसपटक निर्माणमा दिनरात पसिना बगाउने श्रमिकलाई उद्घाटनको जिम्मेवारी दिइएको दृश्यले सबैको ध्यान आकर्षित गरेको छ।
लोक कल्याणकारी विज्ञापन

निर्माणमा प्रत्यक्ष योगदान पुर्याएका श्रमिकलाई अग्रस्थानमा राखेर गरिएको यो उद्घाटनलाई श्रम, समर्पण, मेहनत र कर्मप्रतिको सम्मानका रूपमा व्यापक रूपमा प्रशंसा गरिएको छ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

