अनौठो

५५ घण्टा लगातार पौडी खेलेर १६० किलोमिटर बाल्टिक सागर पार, पोल्यान्डका पौडीबाजको ऐतिहासिक सफलता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, २१ साउन । पोल्यान्डका चर्चित लामो दूरीका पौडीबाज बार्तोमेइ कुब्कोव्स्कीले स्वीडेनदेखि पोल्यान्डसम्म फैलिएको बाल्टिक सागर करिब १६० किलोमिटर लगातार पौडी खेलेर पार गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन्।

कुब्कोव्स्कीले उक्त कठिन यात्रा ५५ घण्टामा पूरा गरेका हुन्। यो उपलब्धि हासिल गर्न उनले पाँचौँ पटक प्रयास गरेका थिए। यसअघि गरेका चारवटा प्रयास विभिन्न कारणले असफल भए पनि यसपटक उनले सबै चुनौती पार गर्दै आफ्नो लक्ष्य पूरा गर्न सफल भएका हुन्।

उक्त कीर्तिमानी यात्रालाई आधिकारिक मान्यता दिलाउन उनले सम्पूर्ण यात्रा अवधिभर पानीबाट बाहिर ननिस्कने तथा कुनै पनि अवस्थामा डुंगा वा अन्य बाह्य सहयोग नलिने अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना गरेका थिए। यही कारण उनको उपलब्धिलाई साहस, सहनशीलता र आत्मविश्वासको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।

ऐतिहासिक सफलता हासिल गरेपछि कुब्कोव्स्कीले आफ्नो यो साहसिक अभियान क्यान्सर पीडितहरूलाई समर्पित गरेको बताएका छन्। उनले यसअघि पनि २४ घण्टा लगातार पौडी खेलेर विश्व कीर्तिमान कायम गरिसकेका छन्।

कुब्कोव्स्कीको यो अभूतपूर्व सफलताले विश्वभरका साहसिक खेलप्रेमी, खेलाडी तथा नयाँ पुस्तालाई कठिन चुनौती सामना गर्दै लक्ष्य हासिल गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।