अवर्गीकृत

हाजिर भएको केही दिनमै प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको वडा कार्यालय र स्वास्थ्य केन्द्र अनुगमन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्की, २७ साउन । कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण प्रसाद उपाध्यायले पालिकामा हाजिर भएको केही दिनमै वडा कार्यालय तथा स्वास्थ्य केन्द्रको अनुगमन गर्नुभएको छ।

उपाध्यायले मंगलबार लम्कीचुहा नगरपालिका–१ को वडा कार्यालय तथा आधारभूत स्वास्थ्य केन्द्रको अनुगमन गर्नुभएको हो।

अनुगमनका क्रममा उहाँले वडा कार्यालय तथा स्वास्थ्य केन्द्रबाट नागरिकलाई प्रदान भइरहेको सेवाको अवस्था, कार्यालय व्यवस्थापन, कर्मचारीको उपस्थिति तथा सेवा प्रवाहसँग सम्बन्धित विषयमा जानकारी लिनुभएको थियो।

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले सेवाग्राहीले सहज र प्रभावकारी रूपमा सेवा पाउने वातावरण निर्माण गर्न कार्यालयको व्यवस्थापन तथा कर्मचारीको भूमिकालाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको बताइएको छ।

पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालेको केही दिनमै वडा कार्यालय र स्वास्थ्य केन्द्रको अनुगमन गर्नुलाई स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने प्रारम्भिक प्रयासका रूपमा हेरिएको छ।

उपाध्यायको प्रारम्भिक सक्रियताले पालिकाअन्तर्गतका कार्यालय तथा स्वास्थ्य संस्थाको सेवा प्रवाहमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।