लत्रिएको विद्युत् तार काट्दा करेन्ट लागेर बेलौरीमा महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा घाँस काट्ने क्रममा लत्रिएको विद्युत् तार काट्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
बेलौरी नगरपालिका–६ भुराकोटकी ५३ वर्षीया अनिता पन्तको बुधबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। पन्त नौगाउँस्थित खेतमा घाँस काट्न गएको बेला विद्युत् पोलबाट घरतर्फ लगिएको सप्लाई तार भुईँमा लत्रिएको अवस्थामा भेटिएको थियो।
घाँस काट्ने क्रममा पन्तले उक्त तार काट्दा अचानक करेन्ट लागेको बताइएको छ। करेन्ट लागेर खेतमै ढलेकी पन्तलाई स्थानीयले उद्धार गरी उपचारका लागि जगदम्बा अस्पताल, बेलौरी पुर्याएका थिए।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। लत्रिएका तथा जोखिमयुक्त विद्युत् तारको समयमै व्यवस्थापन हुन नसक्दा दुर्घटना भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
