तीन दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय बालक

गैडाकोट, ४ भाद्र । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४ भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन्।
घरबाट हराएपछि निरन्तर खोजीमा जुटेका सुरक्षाकर्मी तथा स्थानीयवासीले बालकलाई भदौ ४ गते बिहान घरदेखि करिब १.५ किलोमिटर टाढाको जंगलमा सकुशल फेला पारेका हुन्। प्रहरीले बालकको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
बालक हराएदेखि नै सुरक्षाकर्मी, स्थानीयवासी तथा परिवारजनले सम्भावित स्थानमा निरन्तर खोजी गरिरहेका थिए। तीन दिनसम्मको अथक प्रयासपछि बालक सकुशल भेटिएपछि परिवारमा खुसी छाएको छ।
बालकको सकुशल उद्धारलाई स्थानीयवासीले चमत्कारजस्तै मानेका छन्। कठिन परिस्थितिमा समेत निरन्तर खोजी तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासले बालकलाई सुरक्षित रूपमा परिवारसम्म पुर्याउन सफल भएको हो।
बालकको सकुशल उद्धारका लागि खटिएका सम्पूर्ण सुरक्षाकर्मी, स्थानीयवासी तथा सहयोगीप्रति परिवारजनले हार्दिक आभार व्यक्त गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
