अवर्गीकृत

५ वर्षको मेहनतमा बनेको इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि रोइन् एलिजे जमाली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, ५ भाद्र । नेपाली टिकटकर आयुष सिंह ठाकुरसँग विवाह गरेर नेपालमा बस्दै आएकी पाकिस्तानी सामाजिक सञ्जाल स्टार एलिजे जमाली यतिबेला आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि गम्भीर तनावमा परेकी छन्।

वर्षौँको मेहनत र सिर्जनात्मक सामग्रीमार्फत स्थापित गरेको इन्स्टाग्राम अकाउन्ट अचानक मेटाको प्लेटफर्मबाट सस्पेन्ड भएपछि एलिजे भावुक हुँदै भिडियोमार्फत आफ्नो पीडा सार्वजनिक गरेकी हुन्।

युट्युबमार्फत आफ्नो दुःख व्यक्त गर्दै उनले उक्त अकाउन्ट आफ्नो जीवनको महत्वपूर्ण हिस्सा भएको बताएकी छन्। उनका अनुसार सन् २०२२ देखि निरन्तर मेहनत गरेर निर्माण गरेको अकाउन्टमा उनले आफ्नै मौलिक सामग्री प्रस्तुत गर्दै आएकी थिइन्।

“मानिसहरूका लागि एउटा अकाउन्ट मात्र होला, तर मेरा लागि पाँच वर्षको रातदिनको पसिना र सपना थियो,” उनले भावुक हुँदै भनेकी छन्।

एलिजेले आफूले कसैको सामग्री चोरी नगरी आफ्नै सिर्जनात्मक सामग्रीमार्फत उक्त डिजिटल पहिचान निर्माण गरेको दाबी गरेकी छन्। वर्षौँ लगाएर बनाएको पहिचान एकैपटक गुम्ने अवस्थामा पुगेपछि आफूलाई निकै कठिन भइरहेको उनले बताएकी छन्।

उनका अनुसार उक्त इन्स्टाग्राम अकाउन्टसँग उनको करियर, विभिन्न अवसर र आम्दानीसमेत जोडिएको थियो। त्यसैले अकाउन्ट गुम्ने सम्भावनाले आफूलाई अत्यधिक तनाव र आत्तिने अवस्था सिर्जना भएको उनले बताएकी छन्।

अकाउन्ट पुनः प्राप्तिका लागि आफूले अपिल गरिसकेको जानकारी दिँदै एलिजेले मेटाबाट सकारात्मक निर्णय आउने आशा व्यक्त गरेकी छन्। यद्यपि अकाउन्ट कहिले र पुनः प्राप्त हुन्छ वा हुँदैन भन्ने विषयमा उनी अझै अनिश्चित छिन्।

जीवनमा पटक–पटक चुनौतीहरू आए पनि आफू हार नमान्ने बताउँदै उनले अकाउन्ट फिर्ता नभए शून्यबाटै पुनः आफ्नो यात्रा सुरु गर्ने दृढता व्यक्त गरेकी छन्।

उनको भावुक अभिव्यक्ति र आँसुका बीच देखिएको आत्मविश्वासले सामाजिक सञ्जालमा चर्चा पाएको छ। वर्षौँको मेहनतबाट बनाएको डिजिटल पहिचान गुमाउने पीडाबीच पनि पुनः उठ्ने उनको अठोटप्रति उनका समर्थक तथा शुभचिन्तकहरूले सहानुभूति र समर्थन जनाइरहेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।