घर बग्यो, आश्रय गुम्यो, तर मालिकको पर्खाइमा अझै कुरिरहेको छ यो अबोध कुकुर

काठमाडौं । विनाशकारी बाढीले घर र सम्पत्ति मात्र होइन, मानिससँगै आश्रित निर्दोष जीवहरूको संसारसमेत उजाडिदिएको छ।
बाढीले आफ्नो घर र आश्रय बगाएपछि एक कुकुर भने अझै त्यही स्थानमा मालिक फर्केर आउने आशामा कुरेर बसेको दृश्यले धेरैको मन छोएको छ।
आफ्नो घर कहाँ छ, आश्रय कहाँ गयो र आफू एक्लै किन भयो भन्ने थाहा नभएको यो अबोध प्राणीले भने मालिक आउने विश्वास छाडेको छैन। बाढीले मानिसको जीवन तहसनहस बनाइरहँदा घरपालुवा जनावरसमेत परिवार र आश्रयविहीन बनेका छन्।
यो मार्मिक दृश्यले प्राकृतिक विपद्को असर मानिसमा मात्र नभई मानिससँगै जीवन बाँडिरहेका निर्दोष जीवहरूमा समेत कति गहिरो परेको छ भन्ने देखाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
