माइतीघरमा देखियो अनौठो दृश्य : विपद्पीडितका लागि सहयोग गर्न भैंसी लिएर पुगे किसान

काठमाडौं । विपद्को घडीमा सहयोग गर्ने भावना पैसासँग मात्रै सीमित हुँदैन भन्ने उदाहरण माइतीघरमा देखिएको छ। बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्न एक किसान भैंसीसहित माइतीघर पुगेका छन्।
आफूसँग नगद रकम नभए पनि विपद्मा परेका नागरिकलाई सहयोग गर्ने इच्छा भएकाले भैंसी लिएर आएको उनले बताए। “म किसान हुँ। मसँग पैसा भएन। यही भैंसी बेचेर भए पनि सरकारको विपद् राहत कोषमा सहयोग गर्छु,” उनले भने।
भैंसीसहित सहयोग गर्न पुगेका किसानको उक्त कार्यले माइतीघरमा उपस्थित सर्वसाधारणको ध्यान तानेको थियो। विपद्का बेला आफ्नो आर्थिक अवस्थाअनुसार सहयोग गर्नुपर्ने सन्देश उनको प्रयासले दिएको छ।
सरकारले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाइरहेका बेला किसानको यस्तो मानवीय पहलले सहयोगको वास्तविक अर्थ केवल रकम नभई भावना, संवेदना र सहकार्य पनि हो भन्ने सन्देश दिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
