गाईको पीडादायी अवस्थाको भिडियो देखेपछि पूर्वमन्त्री पूर्णा जोशीको सहयोग प्रतिबद्धता

टीकापुर, १८ भाद्र । सुदूरपश्चिम प्रदेश सरकारकी पूर्वमन्त्री पूर्णा जोशीले गाईको पीडादायी अवस्थाको भिडियो देखेपछि टहरा निर्माणका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।
गाईको अवस्थाबारे जानकारी पाएपछि भावविह्वल बनेकी पूर्वमन्त्री जोशीले आफैं फोन गरी सहयोगको प्रतिबद्धतासहित सेवाकार्यमा हौसला प्रदान गरेको जनाइएको छ।
गाईको संरक्षण तथा टहरा निर्माणका लागि सहयोग जुटाइरहेका अभियानकर्ताले पूर्वमन्त्री जोशीको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका छन्।
यस सेवाकार्यमा सहयात्रा गर्न इच्छुक व्यक्तिहरूलाई पनि अभियानमा जोडिन आग्रह गरिएको छ। सहयोग तथा जानकारीका लागि ९८५८४२६७७८ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
