सहयोग तथा उदार

नेपालका लागि जलवायु क्षतिपूर्तिको माग गर्न ग्रेटा थनवर्गको अपिल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण गम्भीर विपद्को सामना गरिरहेको नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी छन्।

भिडियो सन्देशमार्फत अपिल गर्दै थनवर्गले विकसित मुलुकहरूले नेपालजस्ता जलवायु संकटबाट बढी प्रभावित देशलाई उपलब्ध गराउने आर्थिक सहयोगलाई सामान्य सहायता नभई जलवायु क्षतिपूर्तिका रूपमा बुझ्नुपर्नेमा जोड दिएकी हुन्।

जलवायु संकट सिर्जना गर्न नेपालको योगदान अत्यन्त न्यून रहे पनि त्यसबाट उत्पन्न विनाशकारी असर नेपालले ठूलो मात्रामा भोगिरहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनबाट प्रभावित देशहरूप्रति अन्तर्राष्ट्रिय समुदायले न्याय गर्नुपर्ने बताइन्।

नेपालमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटना बढ्दै जाँदा ठूलो मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै थनवर्गले यसप्रति विकसित मुलुकहरूले आफ्नो ऐतिहासिक जिम्मेवारी स्वीकार गर्नुपर्ने धारणा राखिन्।

उनले नेपालको आवाज अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा पर्याप्त रूपमा सुनिन नसकेको उल्लेख गर्दै विश्वव्यापी जलवायु मञ्चमा नेपालको प्रभावकारी सहभागिता र आवाज सुनिश्चित गर्नसमेत आग्रह गरिन्।

थनवर्गका अनुसार जलवायु संकटमा न्यून योगदान गरेका तर यसको प्रत्यक्ष र गम्भीर असर भोगिरहेका नेपालजस्ता मुलुकलाई दयाको आधारमा सहायता दिनेभन्दा जलवायु परिवर्तनबाट भएको क्षतिको न्यायपूर्ण क्षतिपूर्ति उपलब्ध गराइनुपर्छ।

जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा राख्दै उनले विकसित राष्ट्रहरूले आफ्नो ऐतिहासिक उत्सर्जन र त्यसबाट प्रभावित मुलुकप्रतिको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।