कृषि

किसानबाट ६७ करोड ५० लाखको धान किन्ने तयारी, मन्त्री चौधरीको पहल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, ७ असोज । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १५ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको छ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको पहलमा न्यूनतम समर्थन मूल्यअनुसार करिब ६७ करोड ५० लाख रुपैयाँको धान खरिद प्रक्रिया अघि बढाउन लागिएको हो।

लोक कल्याणकारी विज्ञापन

सरकारले चालु आर्थिक वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेको छ। निर्धारित मूल्यअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ८६० रुपैयाँ तोकिएको छ।

लोक कल्याणकारी विज्ञापन

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा किसानको धान खरिद गर्न मन्त्री चौधरीले सम्बन्धित निकायसँग समन्वय गरिरहनुभएको जनाइएको छ। धान खरिदको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका सम्बन्धित निकायको भएकाले उहाँले खरिद प्रक्रिया समयमै अघि बढाउन आग्रह गर्नुभएको हो।

बिज्ञापन

उद्योग मन्त्रालयको योजनाअनुसार दसैँ र तिहारको बीचमा धान खरिद प्रक्रिया सुरु गर्ने तयारी छ। सरकारले समर्थन मूल्यमा धान खरिद गरेपछि किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने अपेक्षा गरिएको छ।

धान खरिद प्रक्रिया अघि बढेमा किसानलाई उत्पादन बिक्री गर्न सहज हुने तथा बजारमा धानको मूल्य स्थिर राख्न सहयोग पुग्ने विश्वास गरिएको छ। विशेषगरी बाली भित्र्याउने समयमा किसानले उचित मूल्य नपाउने समस्यालाई सम्बोधन गर्न सरकारी खरिद कार्यक्रम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

सरकारले खरिद प्रक्रिया निर्धारित समयमै सुरु गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके किसानलाई राहत पुग्नेछ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन