सुशीला शाहीलाई पराजित गर्दै अम्बिकाकुमारी चलाउने कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश महिला क्लस्टरबाट अम्बिकाकुमारी चलाउने केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। सम्पन्न मतगणनामा कैलालीकी मेयर सुशीला शाहीलाई पछि पार्दै अछामकी चलाउने विजयी भएकी हुन्।

मतगणनास्थलमा प्राप्त विवरणअनुसार चलाउनेले ३ हजार ७५५ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिस्पर्धी कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले १ हजार ६४२ मत पाइन्।

अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयरसमेत रहेकी चलाउनेले शाहीभन्दा २ हजार ११३ मत बढी प्राप्त गरेकी छन्।

सुदूरपश्चिम प्रदेशको महिला क्लस्टरबाट केन्द्रीय सदस्यका लागि चार जनाले उम्मेदवारी दिएका थिए। उक्त प्रतिस्पर्धामा खिना भण्डारीले ७७५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरिन् भने टीकेश्वरीकुमारी हमालले ४१० मत पाइन्।
मतपरिणामसँगै चलाउने नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा निर्वाचित भएकी छन्।


