अनौठो

३०८ पाङ्ग्रे ‘जाइन्ट ट्रक’ले डेढ महिनामा पार गर्‍यो ११०० किलोमिटर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लखीमपुर, ११ कात्तिक । बेल्जियमबाट समुद्री मार्ग हुँदै भारत आइपुगेको ३०८ पाङ्ग्रे विशाल ट्रकले डेढ महिनामा करिब ११०० किलोमिटर दूरी पार गरेको छ । ‘जाइन्ट ट्रक’का नामले चिनिने उक्त ट्रक विशाल औद्योगिक उपकरण ढुवानी गर्न प्रयोग भइरहेको छ ।

लोक कल्याणकारी विज्ञापन

भारतको उत्तर प्रदेशस्थित लखीमपुर खिरी जिल्लाको कुम्भीमा पुगेको यो ट्रकले दिनमा औसत २० किलोमिटरसम्म मात्रै यात्रा गर्ने गरेको छ । ट्रकको आकार र भारका कारण सडकमा यात्रा गर्न विशेष व्यवस्थापन गर्नुपर्ने भएकाले यसको गति निकै सुस्त रहेको बताइएको छ ।

लोक कल्याणकारी विज्ञापन

विशाल औद्योगिक उपकरण बोकेको ट्रकलाई बाटो खुलाउन कतिपय स्थानमा अगाडिका विद्युत्का तारसमेत काट्नुपर्ने अवस्था आउने गरेको छ । सडकको अवस्था, मोड र अवरोधअनुसार यात्रा व्यवस्थापन गर्नुपर्ने भएकाले यसको ढुवानी प्रक्रिया चुनौतीपूर्ण बनेको छ ।

बिज्ञापन

उक्त ट्रक उत्तर प्रदेशको कुम्भीस्थित बलरामपुर चिनी मिलसँग सम्बन्धित औद्योगिक परियोजनाका लागि आवश्यक विशाल उपकरण ढुवानीमा प्रयोग भइरहेको छ । यति धेरै पाङ्ग्रा भएको ट्रकले लामो दूरी पार गर्दै गन्तव्यतर्फ यात्रा गरिरहेको दृश्यले स्थानीयको ध्यानसमेत खिचेको छ ।

विशाल आकार र विशेष प्राविधिक व्यवस्थासहित तयार गरिएको यस्तो ट्रक भारी तथा असामान्य आकारका औद्योगिक उपकरण ढुवानीका लागि प्रयोग गरिन्छ । सामान्य ट्रकले ढुवानी गर्न नसक्ने उपकरणलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन यस्ता विशेष सवारीसाधन प्रयोग गरिन्छन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन