अर्थ

टीकापुरमा खुल्दै महालक्ष्मी मार्ट, एउटै छानामुनि दैनिक उपभोग्य सामग्री पाइने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १२ मंसिर । कैलालीको टीकापुरमा दैनिक उपभोग्य सामग्री एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यसहित ‘टीकापुर महालक्ष्मी मार्ट एण्ड सप्लायर्स’ सञ्चालनमा आउने भएको छ ।

लोक कल्याणकारी विज्ञापन

टीकापुर नगरपालिका–१, ब्लक नं. १६ मा आगामी दुई–चार दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको मार्टले किराना तथा खाद्यान्न सामग्रीदेखि कृषि, घरायसी र स्टेसनरी सामग्रीसम्म उपलब्ध गराउने जनाएको छ ।

मार्टमा किराना तथा खाद्यान्न सामग्री, पहाडका अर्गानिक गेडागुडी, महालक्ष्मी मिलको तोरीको तेल, कृषि सामग्री, घरायसी सामान, स्टेसनरीलगायत दैनिक उपभोग्य वस्तु राख्ने तयारी गरिएको सञ्चालकले बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD

उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउनुका साथै सहज सेवा प्रदान गर्ने मार्टको उद्देश्य रहेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र स्थानीयस्तरमै व्यापार तथा रोजगारीका नयाँ सम्भावना सिर्जना गर्ने लक्ष्यसमेत राखिएको सञ्चालकको भनाइ छ ।

व्यापारलाई सामानको किनबेचमा मात्र सीमित नराखी विश्वास, गुणस्तर, सेवा र उपभोक्तासँगको सम्बन्धलाई प्राथमिकता दिने सोचका साथ व्यवसाय सुरु गर्न लागिएको जनाइएको छ ।

मार्ट सञ्चालनमा आएपछि टीकापुरवासीले दैनिक आवश्यक पर्ने विभिन्न सामग्री एकै स्थानबाट खरिद गर्न सक्ने अपेक्षा गरिएको छ ।

सम्पर्क : ९८४८४०१६५४
ठेगाना : टीकापुर नगरपालिका–१, ब्लक नं. १६, कैलाली

बिज्ञापन