अर्थ

चिनी मिल बन्द हुने अवस्था आएपछि आफैँ गुड उत्पादनमा जुटे टीकापुरका शिक्षक महर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १३ मंसिर । कैलालीको टीकापुरका एक शिक्षकले शिक्षण पेसासँगै व्यावसायिक उखु खेती र गुड उत्पादनलाई अघि बढाएका छन् । टीकापुरका भीमबहादुर महरले चिनी मिल बन्द हुने अवस्था आएपछि आफूले उत्पादन गरेको उखुको सदुपयोग गर्न आफैँ गुड बनाउने कोल स्थापना गरेका हुन् ।

लोक कल्याणकारी विज्ञापन

कैलालीमै सञ्चालनमा रहेको चिनी मिल बन्द हुने अवस्था आएपछि उखु बिक्रीमा समस्या हुने देखेर महरले आफ्नै लगानीमा गुड उत्पादन गर्ने कोल स्थापना गरेका थिए । अहिले उनले दैनिक करिब १० क्विन्टल गुड उत्पादन गर्दै आएका छन् ।

महरले १३ बिघाभन्दा बढी क्षेत्रफलमा उखु खेती गरेका छन् । आफ्नै खेतमा उत्पादन भएको उखुलाई प्रशोधन गरी गुड बनाउने उनको प्रयासले उखुको सदुपयोगसँगै स्थानीयस्तरमै कृषि उत्पादनमा आधारित उद्यम सञ्चालनको सम्भावना देखाएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

शिक्षक पेसामा आबद्ध रहेर पनि कृषि र उद्यमशीलतालाई सँगसँगै अघि बढाएका महरको प्रयासले उखु खेती गर्ने किसानलाई उत्पादनको वैकल्पिक उपयोगबारे सोच्न प्रेरित गरेको छ । चिनी मिलमा मात्रै निर्भर हुनुपर्ने अवस्थाको विकल्पका रूपमा स्थानीयस्तरमै गुड उत्पादन गर्ने उनको प्रयासलाई लिन सकिन्छ ।

उखु खेतीदेखि प्रशोधन र गुड उत्पादनसम्म आफैँ संलग्न महरले कृषि उत्पादनलाई उद्यमसँग जोडेर अघि बढाएका छन् ।

बिज्ञापन