घटना

अछाममा विषादी खाएर युवकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । अछाममा विषादी खाएर आत्महत्याको प्रयास गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका प्रदीप लुहारको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।
२१ वर्षीय प्रदीपलाई बान्ता हुन थालेपछि आइतबार साँझ करिब ५ बजेतिर बयालपाटा अस्पताल लगिएको थियो ।

बिज्ञापन

उपचारका क्रममा प्रदीपले आफुले विषादी खाएको बताएपछि उनले आत्महत्याको प्रयास गरेको खुलासा भएको थियो ।

आफन्तहरूका अनुसार प्रतिपले आइतबार दिउसै विषादी खाएका थिए । अस्पतालमा उपचारका क्रममा स्वास्थ्यकर्मीलाई उनले आफूले दिउसो १ बजेतिर विषादी खाएको बताएका थिए ।

उपचारका लागी बयालपाटा अस्पतालमा भर्ना भएका उनको सोमवार बिहान ५ बजे तिर निधन भएको अस्पतालले बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।