अनौठो

छिट्टै रुने व्यक्तिलाई कहिल्यै पनि कमजोर नसोच्नुस्

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फिल्म हेर्दा होस् या किताव पढ्दा या कसैसँग कुराकानी गर्दा नै किन नहोस्, कोही व्यक्ति यस्ता हुन्छन् भावनात्मक विषयमा आँसु झारिहाल्छन् । फिल्मका इमोशनल दृश्य हेर्दा यस्ता व्यक्तिको आँखामा आँसु देखिहालिन्छ । केटाले रुँदा धेरैले ‘केटा भएर पनि रुन्छन् ?’ भन्छन् भने केटीले रुँदा सम्झाउने कोशिष गरिन्छ ।

भावनात्मक कुरा गर्दा आँसु झार्ने व्यक्तिलाई कमजोर मुटु भएको भनेर चित्रित गरिन्छ । तर यसमा सत्यता छैन ।
जो व्यक्ति भावनात्मक कुरा गर्दा रुन्छन्, उनीहरु भावनात्मक रुपमा अरु व्यक्तिभन्दा राम्रा हुन्छन् । साथै यस्ता व्यक्तिको स्वभाव पनि धेरै राम्रो हुन्छ । यदि तपाईं पनि यस्ता व्यक्तिमा पर्नुहुन्छ भने यसमा शरम मान्नुको अर्थ छैन । यो तपाईंभित्र एक राम्रो गुण भएको संकेत हो ।

बिज्ञापन

जो व्यक्ति रुन्छन्, त्यस्तालाई कहिल्यै पनि कमजोर सोच्नुहुँदैन । यस्ता व्यक्ति यो सोच्दैनन् कि सबैको अगाडि रुँदा अरुले के सोच्लान ? न त उनीहरु आफूलाई कमजोर नै ठान्छन् । जो एक राम्रो वानी हो ।
भनिन्छ कि रुनु तनाव भागउने सबैभन्दा उत्कृष्ट उपाय हो । यदि तपाई तनावमा हुनुहुन्छ र त्यसलाई दूर गर्न सकिरहनु भएको छैन भने तपाईको मनमा नकरात्मक कुराले बढी स्थान लिन्छ । जसका कारण तपाईं विभिन्नखाले रोगको चपेटमा पनि आउन सक्नुहुन्छ । यसकारण तनावका बेला केही समय रुनुहोस्, जसले तपाईको मन हलुको हुनेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।