राष्ट्रिय समाचार

अछाममा आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन अधिकृतको अनुरोध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । अछाम जिल्लाका मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले स्थानीय तह निर्वाचन २०७९ लाई सम्पन्न गर्न सबै राजनैतिक दलहरूलाई सहयोगको आग्रह गरेका छन् ।

बुधवार जिल्ला स्थित राजनैतिक दल र सरोकारवालासंगको बैठकमा उनले निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नको लागि राजनैतिक दलहरूको भूमिका महत्त्वपूर्ण भएको भन्दै सहयोगको अनुरोध गरेका हुन ।

बिज्ञापन

उनले निर्वाचन आचारसंहिता पालनकोलागी दलहरू लाग्नुपर्ने बताए ।

जिल्लास्थित सबै राजनैतिक दलका प्रमुखहरूसँगको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले निर्वाचन सुरक्षाका लागि जिल्लाको सबै सुरक्षा अंगहरू परिचालन हुने बताएका छन् ।

बैठकले निर्वाचन सम्पन्न गर्न विभिन्न निर्णय गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।