राजनीति

उम्मेदवारी मनोनयनको अन्तिम दिन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमवार उम्मेदवारी मनोनयनको अन्तिम दिन हो ।
आइतवार मनोनयन गर्न बाँकीहरूले आज (सोमवार) उम्मेदवारी मनोनयन गर्दैछन् ।

निर्वाचन आयोगले आइतवार र सोमवारका लागि उम्मेदवारी मनोनयनको कार्यतालिका सार्वजनिक गरेको थियो ।

बिज्ञापन

सोही अनुरुप आइतवार करिब १० हजार उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले आइतवार उम्मेदवारी दर्ता गराएनन् ।

उनीहरूले आज उम्मेदवारी दर्ता गराउनेगरी छलफलमा जुटेका छन् ।

आइतवार विशेषगरी स्वतन्त्र तर्फका उम्मेदवार तथा साना राजनैतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनका लागि समय छुट्टाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।