घटना

४ घण्टापछि मुक्तकमैया वस्तीमा लागेको आगो नियन्त्रणमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भजनी । कैलालीको कैलारी गाउँपालिका–७ बिपतपुर मुक्तकमैया शिविरमा लागेको आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको छ ।
आइतवार दिउँसो साढे १ बजेदेखि शुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । तर, अझै घरका खामामा लागेको आगो ननिभेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
उनका अनुसार ७१ घरधुरीले बनाएको घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । एक्कासि भएको आगलागीले स्थानीयवासीका लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट भएका छन् । तर, मानवीय क्षति भने नभएको प्रजिअ थापाले बताए ।

घटनाको कारण र यकिन तथ्यांक आउन बाँकी रहेको बताउँदै उनले घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गरे ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।