धनगढीका १३ बर्षिय बालक विद्यालयबाट बेपत्ता

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाबाट एक बालक हिजो आईतबार बेपत्ता भएका थिए । क्याम्पस रोडमा रहेको ऐरिस्टो विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षका मिलन ऐर बेपत्ता भएका हुन् ।
आइतबार विद्यालय गएका उनी साँझसम्म घर नफर्केपछि आजसम्म भौतारिदै आफ्नो
छोराको खोजी गरिरहेको बुवा रमेश ऐरले बताएका छन् ।

उनले प्रहरी, आफन्त र छोराका सबै साथीहरुलाई जानकारी गराएको बताए । फेला पार्ने अथवा छोराको बारेमा कुनै जानकारी भएमा फोन नम्बर ९८४८७४०७०० मा सम्पर्क गर्न वा प्रहरीमा खबर गर्न ऐरले आग्रह गरेका छन् ।
छोरा अहिलेसम्म फ्ला नपरेकोले उनका बुवा विभिन्न वस्ति, जंगलमा भौतारिदै खोजिरहनु परकोछ । उनको छोरा खोज्नुमा प्रहरीले पनि चासो नदेखाएको कारण उनी निकै दुःखीत भएका छन् ।
साथै बालकका बुवाले बिद्यालय प्रशासनलाई आफुहरु बालकलाई लिन नआउँदासम्म बाहिर निस्कन नदिनुहोला भन्दा पनि छोरालाई बिद्यालयले वेवास्ता गर्दै बाहिर छोडेको दुखेसो पोखेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
