राष्ट्रिय समाचार

निजामती कर्मचारी, सेना , प्रहरी सबैका सन्ततिलाई छात्रवृत्तिका लागि आवेदन खुल्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, १२ वैशाख । सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । निजामती कर्मचारी (प्रदेश र स्थानीय तहसमेत),नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा तीन तहकै सरकारका सार्वजनिक पदमा स्थायी नियुक्ति भएकाहरूका सन्ततिले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका हुन् ।

घीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले २०७९ वैशाख १२ गते सोमबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयमा आवेदन दिन भनेको छ ।
प्लस टूमा कम्तीमा सी प्लस वा जिपिए २.४ ल्याएका, स्वदेशी विश्वविद्यालय वा आंगिक, सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भएर स्‍नातक वा सो सरह तहको प्रथम वर्ष वा पहिलो वा दोस्रो सेमेस्टरमा भर्ना भइ अध्ययन गरिरहेकाले दरखास्त दिन पाउनेछन् । उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

बिज्ञापन

सरकारले गत २६ फागुनमा निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ स्वीकृत गरेको थियो । यो कार्यक्रमका लागि सरकारले चालु आवमा साढे १४ करोड बजेट विनियोजन गरेको छ ।

कसले कति छात्रवृत्ति पाउँछन् ?
२० लाखभन्दा बढी शिक्षण शुल्क लाग्ने भए ५ लाख
१५ देखि २० लाखसम्म शिक्षण शुल्क लाग्ने भए ४ लाख
१० भन्दाबढी १५ लाखसम्म शिक्षण शुल्क लाग्ने भए ३ लाख
५ भन्दाबढी १० लाखसम्म शुल्क लाग्ने भए २ लाख
१ लाखभन्दा बढी ५ लाखसम्म लाग्ने भए १ लाख
१ लाख रुपैयाँभन्दा कम लाग्ने भए शतप्रतिशत छात्रवृत्ति

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।