राजनीति

कञ्चनपुरमा माओवादी केन्द्र र नेकपा एसबीच गठबन्धन गर्ने निर्णय, कांग्रेस एक्लै चुनावमा जाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने निर्णय गरिएको छ। स्थानीय तहको निर्वाचनका लागी तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस अलग भएको छ

जस अनुसार कञ्चनपुरमा दुई दलीय गठबन्धन गर्ने निर्णय भएको हो। नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले आइतबार अबेर रातिसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय हुन पुगेको बताए ।

दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र चार पालिकामा समाजवादीलाई प्रमुखको जिम्मेवारी तोकेको उनले बताए । त्यस्तै, पुनर्वास नगरपालिकाका हकमा प्रमुखको जिम्मेवारी एकीकृत समाजवादी र उपप्रमुखको जिम्मेवारी माओवादीलाई दिइएको छ । त्यसैगरी पुनर्वासमा समाजवादीले १, ३, ६, ७ र ८ नम्बर वडामा उम्मेदवार पाउने र माओवादीले २, ४,५, ९, १०, ११ नम्बर वडामा उम्मेदवार पाउने दुई दलीय गठबन्धनका कञ्चनपुर जिल्ला इन्चार्ज र अध्यक्षले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।