नदीमा डुबेर कैलालीमा एक किशोरको मृत्यु
लोक कल्याणकारी विज्ञापन

गौरीगंगा । कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । आइतबार जिल्लाको गौरीगंगा नगरपालिका– १ लठैयाका १३ वर्षीय गोपाल रानामगरको मृत्यु भएको प्रहरीले बताएको छ ।
गौरीगंगा नदीमा नुहाउन जान्छुँ भनी हिँडेका उनी अबेरसम्म घर नफर्केपछि प्रहरीलाई खबर गरिएको थियो ।
बिज्ञापन

इलाका प्रहरी कार्यालय चौमाला र मालाखेतीबाट खटिएको टोलीले खोजतलास गर्दा उनी एउटा तालमा डुबेर मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
