देउवाको गृहजिल्लाका पूर्वसभापति कर्ण मल्ल कांग्रेसबाट निष्कासित

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्ल पार्टीबाट निष्कासित भएका छन् । नेता मल्ललाई पार्टीको विधान विपरित गतिविधि गरेको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाका नेता मल्लले स्थानीय चुनावका लागि नेकपा एमालेसँग तालमेलको सहमति गरेका थिए । उनी सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत हुन् ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
